गृहपृष्ठ राष्ट्रिय युवा संघ कप भलिबल प्रतियोगिताको उपाधि डोटीलाई
राष्ट्रिय युवा संघ कप भलिबल प्रतियोगिताको उपाधि डोटीलाई

कैलालीको धनगढी भएको राष्ट्रिय युवा सङ्घ कप भलिबल प्रतियोगिता २०८१ को उपाधि राष्ट्रिय युवा सङ्घ डोटीले जितेको छ ।
आज भएको फाइनल खेलमा टिम मालिकार्जुनलाई हराउँदै राष्ट्रिय युवा सङ्घ डोटी विजयी भएको हो ।
विजेता टिमले दुई लाख २५ हजार नगद ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ भने उपविजेता बनेको टिम मालिकार्जुनले एक लाख २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । तेस्रो भएको राना थारु आदर्श युवा क्लबले७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान प्राप्त गरेको थियो । हिजो भएको खेलमा शाह पोल्ट्री फर्मलाई हराउँदै राना थारु आदर्श युवा क्लबले तेस्रो स्थान हासिल गरेको थियो ।
खेलका उत्कृष्ट खेलाडीहरूलाई पनि नगदसहित सम्मान गरिएको थियो । प्रतियोगितामा वेस्ट डिफेन्डर डोटीका राजेश रावल भए त्यस्तै वेस्ट ब्लकर डोटीकै जितबहादुर ढुङ्गाना हुँदा वेस्ट सर्भर पनि डोटीका विनीत राना भएका थिए ।
वेस्ट सेटर मालिकार्जुनका लोकेन्द्र गिरी भएका थिए । त्यस्तै वेस्ट स्पाइकर मालिकार्जुनका बलदेव धामी हुँदा वेस्ट पिलियर डोटीका सुरेश मल्ल भए । उनीहरूलाई पनि नगद, ट्रफी, मेडल र प्रमाण पत्रले पुरस्कृत गरिएको थियो ।
नेकपा एमाले महासचिव शङ्कर पोख्रेलले चैत्र २९ गते उद्घाटन गरेको भलिबल प्रतियोगिताको आज समापन भएको हो । समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय युवा सङ्घ नेपाल केन्द्रीय इन्चार्ज राजीव पहाडी थिए ।
प्रकाशित समय : २१:३२ बजे