गृहपृष्ठ ६ महिना कैद सजायपछि फरार भ्रष्टाचारी पक्राउ
६ महिना कैद सजायपछि फरार भ्रष्टाचारी पक्राउ

प्रहरीले भ्रष्टाचार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी रुपनी गाउँपालिका(१ का पिताम्बर यादव रहेका छन्।
उनलाई सप्तरी प्रहरीले शुक्रबार पक्राउ गरी आफ्नो हिरासतमा राखेको हो। सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार यादवलाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। फैसला कार्यान्वयनको सिलसिलामा प्रहरीले यादवलाई पक्राउ गरी हिरासत राखेको र आइतबार कारागार पठाउने व्यवस्था मिलाइने बस्नेतले बताए।
प्रकाशित समय : १३:३५ बजे