global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ पाँच हजार भन्दा बढी अफगानी नागरिक स्वदेश फिर्ता

पाँच हजार भन्दा बढी अफगानी नागरिक स्वदेश फिर्ता

पाँच हजार भन्दा बढी अफगानी नागरिक स्वदेश फिर्ता

पाकिस्तानबाट तोरखाम सीमा हुँदै पाँच हजार २३६ जना अफगान नागरिक स्वदेश फिर्ता गरिएको जियो न्यूजले अध्यागमन अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ ।

अधिकारीहरूका अनुसार स्वदेश फर्केका मध्ये ३,८६५ जना अफगान नागरिक स्वेच्छाले “लान्दी कोटाल ट्रान्जिट क्याम्प” पुगेका थिए भने पन्जाबमा पक्राउ परेका १०७ जना अफगान नागरिकलाई निर्वासनका लागि तोरखाम लगिएको थियो । उनीहरुले अन्य २९५ जना अफगान नागरिकलाई जम्मू–कश्मीरबाट निर्वासित गरिएको जनाएका छन् ।

स्वदेश फिर्ता अभियानको क्रममा कानुन बमोजिम बसोबास गर्दै आएका अफगानीहरुलाई पनि स्वदेश फिर्ता पठाइएको जनाइएको छ । पाकिस्तानी राज्यमन्त्री तलाल चौधरीले अफगान नागरिकलाई सम्मानजनक रूपमा फिर्ता गरिएको बताएको छ । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री चौधरीले अफगान नागरिकको सुविधाका लागि पाकिस्तानका सबै प्रान्तमा “ट्रान्जिट प्वाइन्टहरू” तथा “हेल्पलाइन” हरु स्थापना गरिएको बताएको छ । अवैध नागरिकको फिर्ता प्रक्रिया मार्च सम्मको लागि तोकिएको र साहि समयमै अभियान पुर्ण गर्ने बताएको छ ।

हाल सम्म आठ लाख ५७ हजार १५७ अवैध विदेशी नागरिकलाई स्वदेश फिर्ता पठाइएको छ । पाकिस्तानी सरकारले उनीहरूलाई मार्च ३१ सम्म देश छोड्न समय दिएको बताउदै थप समय उपलब्ध नगरिने उल्लेख गरे । स्वदेश फर्केका अफगान नागरिकले वैध पासपोर्ट र भिसा भएको अवस्थामा पाकिस्तान भ्रमण गर्न, काम गर्न र बस्ने सम्वाभना भने कायम रहेको बताएको छ ।
सन् २०२३ अक्टोबर देखि अवैध विदेशी नागरिकलाई स्वदेश फिर्ता गर्ने नीति लागु भएको स्मरण फिर्ती अभियान चरणबद्ध रूपमा सम्पन्न गरिने बताएको छ ।

पहिलो चरणमा पाकिस्तानले कानुनी कागजातहरू बिना अवैध रुपमा बस्दै आएका विदेशी नागरिकलाई स्वदेश फिर्ता पठाएको थियो । दोस्रो चरणमा, आवाश्यक कागजात भएकाहरुलाईसमेत पठायो । त्यसै गरी तेस्रो चरणमा आवाश्यक कानुनी प्रक्रीया पुरा गरेका नागरिकलाईसमेत स्वदेश फिर्ता पठाइने जियो न्यूजले जनाएको छ ।

दशकौँसम्म लाखौँ अफगान नागरिकलाई आतिथ्यतासहितको बसोबास अनुमति दिए पछि हाल पाकिस्तानले यो निर्णय गरेको उनले बताएको छ । मन्त्री चौधरीले अफगान नागरिकहरू पाकिस्तानमा लागुऔषधको व्यापार र आतङ्कवादी गतिविधिलगायतमा संलग्न रहेककाले अभियान तिव्र पार्नु परेको स्पष्ट पारेको छ

प्रकाशित समय : १३:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु