काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

धनकुटामा एकमहिने फोटो प्रदर्शनी

1.44K
shares

कोशी प्रदेश सङ्ग्रहालयमा देशका ऐतिहासिक तथा पुरातात्विक स्थानहरूका विशेषता झल्किने फेटो प्रदर्शनी सुरु भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले धनकुटामा आजदेखि सुरु गरिएको प्रदर्शनी एक महिनासम्म सञ्चालन हुनेछ ।

हनुमानढोका दरबार सङ्ग्रहालय वसन्तपुर, काठमाडौँले आयोजना गरेको प्रदर्शनीको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले उद्घाटन गरेका छन । प्रदर्शनीमा ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेका, धार्मिक, सांस्कृतिक र जनजीवनसँग सम्बन्धित ६० नयाँ तथा पुराना तस्बिरहरू राखिएका छन् ।

तस्बिर प्रदर्शनीको माध्यमबाट जिल्लाका साथै समग्र देशको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको दरबार सङ्ग्रहालयका प्रमुख काजी प्याकुरेलले जानकारी दिए । एक महिनासम्म निःशुल्क आयोजना गरिने यस प्रदर्शनीले नयाँ पुस्ताले संस्कृति र परम्पराका बारेमा अध्ययन गर्नसक्ने उनले बताए । प्रदेश सङ्ग्रहालय प्रदर्शनी अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा गरिएको उनको भनाइ छ ।