काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लक्ष्मी स्टील्स लिमिटेडमा एनआर्ईबिएल इक्विटी पार्टनर्सकोलगानी

4.14K
shares

एनआइएमबिएस क्यापिटलद्वारा सञ्चालित एनआर्ईबिएल इक्विटीपार्टनर्सले लक्ष्मी स्टील्स लिमिटेडमा लगानी सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामाचैत १२, २०८१ का दिनएन आइएमबि एस क्यापिटलका अध्यक्षश्री सचिन टिवडेवाल र लक्ष्मी स्टील्सका निर्देशक श्री बिमलकुमार सावरथिया बीचमा हस्ताक्षर भएको हो। यस साझेदारीले लक्ष्मी स्टील्सको उत्पादनक्षमता तथा बजार विस्तारलाई तीव्रता दिनको लागिथपमद्दत गर्नेछ ।

नेपालको स्टील उद्योगको स्तम्भ
सन् २००८ मासौरभ ग्रुपअन्तर्गत स्थापना भएको लक्ष्मी स्टील्स लिमिटेड, टिएमटी रड, ब्लेड र रिब्ड तारहरूको प्रमुख उत्पादक कम्पनीको रुपमा रहेकोछ । नवलपरासीको सुनवलमा अत्याधुनिक स्तरको उद्योग सञ्चालनगर्दै आएको कम्पनीले उच्च गुणस्तरको स्टील उत्पादनगर्न प्रतिबद्ध रहिआएको छ। यस सम्झौताले नेपालको पूर्वाधार तथा आर्थिक वृद्धिमा अझ बढी योगदान पु-याउन सफलहुने कम्पनीको विश्वास रहेको छ ।

उत्कृष्टता हासिलगर्दै एनआर्ईबिएल इक्विटी पार्टनर्सबाट गरिएको यो लगानीले लक्ष्मी स्टील्सको उत्पादन क्षमतालाई सुधार गर्न, उत्पादनदक्षता बढाउन र यसको बजार पहुँच विस्तार गर्न सशक्त सहयोग पु-याउनेछ। लक्ष्मी स्टील्सले नेपालको स्टील उद्योगमा आफ्नो बिस्तारलाई अझै मजबुत बनाउन र देशको आर्थिक प्रगतीकमा समेत योगदान पु-याउने लक्ष्य राखेको छ ।

एनआइएमबी एस क्यापिटलका अध्यक्ष सचिन टिवडेवालले आफ्नो विचार राख्दै भने,“लक्ष्मी स्टील्स लिमिटेडसँग सहकार्य गर्न पाउँदाहामी अत्यन्त उत्साहित छौँ । एनआर्ईबिएल इक्विटी पार्टनर्स आर्थिक वृद्धिमा योगदान पु-याउने तथा त्यस्ता आर्थिक वृद्धिगर्न सहयोग पु¥याउने सशक्त व्यवसायहरूलाई समर्थन गर्न प्रतिबद्ध रहेको छ । यस लगानीको साथ हामीलक्ष्मी स्टील्सलाई नयाँ उचाइमापु-याउनर नेपालको पूर्वाधारको मेरुदण्डलाई मजबुत बनाउन मद्दत गर्ने उद्देश्य राख्छौं।”

लक्ष्मी स्टील्स लिमिटेडका निर्देशक श्री बिमल कुमार सावरथियाले पनि यस सम्झौताबारे बोल्दैभने,“एनआर्ईबिएल इक्विटी पार्टनर्ससँगको यो साझेदारी हाम्रो लागिएक सुनौलो अवसर हो। उहाँहरुको विशेषज्ञता र पूँजीले हामीलाई कम्पनीको क्षमता विस्तार गर्न र नेपालको आर्थिक विकासमा योगदान गर्न थपमद्दत गर्नेछ। यसका साथसाथैहामी स्टील उद्योगको लागि एक बलियो भविष्य निर्माण गर्दैछौँ।”

एनआर्ईबिएल इक्विटी पार्टनर्स र लक्ष्मी स्टील्स लिमिटेड बीचको यो साझेदारीे नेपालको औद्योगिक क्षेत्रका विकासकोे लागि एक महत्वपूर्ण कदमहो। वित्तीय विशेषज्ञता र उत्पादन क्षमताको संयोजन गर्दैयो साझेदारीले सरोकारवालाहरूलाई दीर्घकालिन फाइदा पु-याउनर देशको पूर्वाधार लक्ष्यहरूलाई अगाडि बढाउने उद्देश्य राखेको छ ।