काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सानिमा बैकद्वारा गोरखामा आयोजित दुई दिने स्वास्थ्य शिविरमा आर्थिक सहयोग

3.84K
shares

सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, लगायत अन्य विभिन्न क्षेत्रहरुमा हरेकवर्गका जनतालाई प्रत्यक्षफाइदाहुने गरी विविध कार्यक्रमहरु संचालनगर्दै आइरहेको छ ।

यसै क्रममा शक्ति चोक, गोरखास्थित नेपाली सेना रिपुमर्दन गण र शहिदलखन गाउँपालिकाद्वारा संयुक्त रुपमा आयोजित दुई दिने बृहत स्वास्थ्य शिविरमा सानिमा बैंकले आर्र्थिक सहयोग गरेको छ ।

गोरखा जिल्लाको शहिदलखन गाउँपालिका वडा नं. ६, घैरुङ स्वास्थ्य चौकीमा संचालित उक्त कार्यक्रममा ५२५जना स्थानीय बासिन्दाहरुले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरी लाभान्वित भएका छन् । उक्त शिविरमा महिलाहरुको पाठेघरको मुखमाहुने क्यान्सर, हाडजोर्नी, स्त्रीरोग, चर्मरोग, मधुमेह, जनरल ओपिडीका साथै विविध रोगको परीक्षण गरी आवश्यकता अनुसार निःशुल्क औषधी पनि वितरण गरिएको छ ।

बैंकले भविष्यमा पनि समाजमा सकारात्मक विकास गर्ने तथा विभिन्नकिसिमका सामाजिक उत्थानका कार्यक्रमहरु गर्ने योजना बनाएको छ । सानिमा बैंकको सातै प्रदेशमाहाल १३४ वटा कार्यालयहरु र १२६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।