गृहपृष्ठ स्वर्णलक्ष्मी सहकारी ठगीमा काठमाडौं अदालतको आदेशविरुद्ध आज पुनरावेदनमा जाँदै रवि
स्वर्णलक्ष्मी सहकारी ठगीमा काठमाडौं अदालतको आदेशविरुद्ध आज पुनरावेदनमा जाँदै रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा काठमाडौं जिल्ला अदालतले गरेको आदेशविरुद्ध पुनरावेदन गर्ने भएका छन् ।
उनी आज बिहान ११ बजे काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन निवेदन दर्ता गर्न पाटन उच्च अदालत जाने भएका हुन् ।
सो मुद्दामा लामिछानेलाई काठमाडौं जिल्ला अदालतले माघ ३ गते ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
प्रकाशित समय : १०:११ बजे