global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ कालीकोटका ६ हजार घरमा खानेपानीको पहुँच

कालीकोटका ६ हजार घरमा खानेपानीको पहुँच

कालीकोटका ६ हजार घरमा खानेपानीको पहुँच

कालीकोट जिल्लाका ६ हजार घरमा खानेपानी पहुँच पुगेको छ। जिल्लाका पाँचवटा स्थानीय तहका ६ सय ६ सय ५८ घरधुरीमा ‘एक घर एक धारा’ निर्माण गरिएको हो।

जिल्लाको नरहरिनाथ, सान्नित्रिवेणी, शुभकालिका गाउँपालिका तथा खाँडाचक्र रास्कोट नगरपालिकामा ८० वटा खानेपानीका बृहत् योजना सम्पन भएका छन्। खाँडाचक्र नगरपालिकामा ७ योजना सकिँदा ६ सय ७५ धारा निर्माण भएका छन्।

रास्कोट नगरपालिकामा १६ योजनामा एक हजार चार सय ३२ धारा निर्माण भएका छन्।

यस्तै नरहरिनाथ गाउँपालिकामा ३३ वटा योजना सकिँदा दुई हजार ६ सय २८ धारा निर्माण भएका छन्। शुभकालिका गाउँपालिकामा २२ योजना सकिँदा एक हजार सात सय ७९ धारा र सान्नित्रिवेणी गाउँपालिमा दुईवटा योजना सकिँदा एक सय ६२ धारा निर्माण भएको हुरेन्डेक नेपाल कालीकोटका जिल्ला व्यवस्थापक दिलिपकुमार शाहीले बताए।

खानेपानी क्षेत्रको राष्ट्रिय नीतिका रूपमा ल्याइएको ‘एक घर एक धारा’ नीतिलाई खानेपानीको सुविधा उपलब्ध गराउने गरी महत्वपूर्ण रणनीतिक कदमअनुरूप समुदायमा धारा निर्माण गरेको उनको भनाइ छ।

प्रकाशित समय : ११:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु