गृहपृष्ठ पियोर इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
पियोर इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
पियोर इनर्जीको आइपीओ भर्ने आज चैत ५ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत फागुन २० गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको थियो।
कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्र बाँके जिल्लाका स्थानीयका लागि निष्कासन गरेको छ।
यसैगरी कम्पनीले जारी पुँजीको १८ प्रतिशत अर्थात १४ लाख ४० हजार कित्ता साधारण शेयरको १० प्रतिशत अर्थात १ लाख ४४ हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बिक्री खुला गरेको छ। स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपाली आज चैत ५ गते बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्।
यो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीयले अधिकतममा १६ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतममा ७ हजार २०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।
प्रकाशित समय : १०:३० बजे



















