global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत खाता)नामक नौलो बचत खाता योजना सुरु गरेको छ ।

सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई आफ्नो महत्त्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने बैंकले जनाएको छ । यस खातामा जम्मा भएको रकम सौर्य ऊर्जा, ऊर्जा बचत र प्रकृतिलाई जगेर्ना गर्ने हरित परियोजनाहरूमा मात्र प्रयोग गरिने बैंकले उल्लेख गरेको छ ।

बैंकका अनुसार सो खाताबाट ग्राहकहरूले आफ्नो लगानीको राम्रो प्रतिफल पाउने मात्र नभई हरित ऋणहरूमा समेत विशेष छुटहरू पाउन सक्नेछन् । जोसुकैले पनि एनएमबि बैंकको ग्रीन सेभिङ्स डिपोजिट खाता खोलेर जलवायु परिवर्तन विरुद्ध लड्न र नेपाललाई थप दिगो बनाउन हातेमेलो गर्न सक्नेछन्।

एनएमबि बैंक पर्यावरणमैत्री बन्न र सन् २०४५ सम्ममा नेपालको शून्य प्रदूषणको लक्ष्यलाई समर्थन गर्न प्रतिबद्ध भएको बताएको छ। एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरू, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय : १०:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु