global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ राष्ट्रियसभाबाट सरकारको आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम पारित

राष्ट्रियसभाबाट सरकारको आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम पारित

राष्ट्रियसभाबाट सरकारको आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम पारित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री स्वर्णीम वाग्लेले दिएपछि संशोधनकर्ता सदस्यहरूको प्रस्ताव फिर्ता लिने÷नलिने प्रक्रिया पूरा गरिएको थियो । त्यसपछि निर्णयार्थ प्रस्तुत गरिएको नीति तथा कार्यक्रम बैठकको बहुमतले पारित भएको हो ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्णयार्थ प्रस्ताव प्रस्तुत गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मतदान प्रक्रियामा सहभागी नहुने जनाएको थियो । अन्य दलका सदस्यहरूको ध्वनि मतका आधारमा नीति तथा कार्यक्रम पारित भएको हो ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रकाशित समय : २२:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु