गृहपृष्ठ पूर्वमन्त्री पाण्डेसहित ११ जना धरौटीमा थुनामुक्त
पूर्वमन्त्री पाण्डेसहित ११ जना धरौटीमा थुनामुक्त
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश चुरामन खड्काको एकल इजलासले आज पूर्वमन्त्री पाण्डेसँग रु चार लाख लिएर धरौटीमा छाड्न आदेश दिएको हो । अदालतले तनहुँका सञ्जय भट्ट र काठमाडौँका भाष्करराज अर्यालसँग १०/१० लाख, सुनसरीका जीवनकुमार दास र मकवानपुरका सागर कटुवालसँग पाँच/पाँच लाख, नुवाकोटका प्रकाश ढुङ्गाना, काठमाडौँका अमृत बोहोरा, दोलखाका अनिल श्रेष्ठ, धादिङका टङ्ककुमार श्रेष्ठ, सिरहाका स्वदेश पोखरेल र काठमाडौँका ऋषिकेश गौलीलाई जनही रु चार लाख धरौटीमा छाडन आदेश दिएको हो ।
अदालतले उक्त प्रकरणमा पक्राउ परेका धनकुटाका दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर गरेको आरोपमा पूर्वमन्त्री पाण्डेसहितलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यही वैशाख ११ गते पक्राउ गरी २२ जनालाई प्रतिवादी बनाइएको थियो ।
प्रकाशित समय : २२:३४ बजे




















