गृहपृष्ठ महोत्तरीमा लुटेराले सुन पसल लुटे, सुरक्षा माग्दै व्यापारीले गरे बजार बन्द
महोत्तरीमा लुटेराले सुन पसल लुटे, सुरक्षा माग्दै व्यापारीले गरे बजार बन्द
जीप चढेर आएका लुटेराको समूहले महोत्तरीमा सुनचाँदी पसल लुटेपछि व्यापारी आन्दोलित बनेका छन् ।
बलवा नगरपालिका-३ पडौल बजारस्थित सुनचाँदी पसल (शिवशान्ति ज्वेलर्स) मा लुटपाट भएको हो । लुटेराहरूले २० तोला सुन, १ लाख ५० हजार नगद, लकर र क्यामराको हार्डडिस्क समेत लगेको पसल सञ्चालक अरुणकुमार साहले बताए ।
स्थानीयका अनुसार शनिबार राति पसल लुट्न जीप चढेर ५ जना लुटेरा आएका थिए । उनीहरू बर्दिबासतर्फ भागेको अन्य पसलको सीसीटीभी क्यामेरामा कैद भएको छ ।
प्रकाशित समय : ११:५४ बजे



















