गृहपृष्ठ लोकसेवामा अब एक जनालाई ६ पटक मात्र परीक्षाको मौका दिने तयारी
लोकसेवामा अब एक जनालाई ६ पटक मात्र परीक्षाको मौका दिने तयारी
संसद्ले लोकसेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने गरी कानुन बनाउने तयारी गरिरहेको छ ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको ‘संघीय निजामती सेवाको विधेयक’मा एक जना व्यक्तिले ६ पटकसम्म मात्र लोकसेवाको परीक्षा दिन मिल्ने गरी तयारी थालिएको हो ।
समितिअन्तर्गतको उपसमितिले ६ पटकसम्म मात्रै परीक्षा दिन पाउने प्रावधान राख्ने गरी तयारी गर्न कानुन मन्त्रालयका सचिव उदयराज सापकोटा र सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई आइतबार जिम्मेवारी दिइएको छ ।
यसअघि समितिको १९ पुसको बैठकमा उपस्थित लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले पाँच पटक फेल भएको व्यक्तिलाई परीक्षामा सहभागी गराइरहन आवश्यक नभएको बताएका थिए ।
राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले आयोगका अध्यक्ष रेग्मीको प्रस्तावअनुसार व्यवस्था गर्ने आधार खोज्न सरकारका दुई सचिवलाई गृहकार्य गर्न भनिएको छ । उक्त व्यवस्था लागू भएमा खुलातर्फ बाट परीक्षा दिनेले ६ पटकसम्म दिन पाउने छन् भने आरक्षणबाट एकपटक थप गरी ७ पटकसम्म परीक्षा दिने पाउने छन् ।
प्रकाशित समय : ११:३३ बजे



















