global ime bank Long Banner Ad

गृहपृष्ठ एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको काठमाडौँमा उपलब्ध स्थायी कमिटी सदस्यहरूको बैठक आज बस्दैछ ।

चैत १५ गते समाजवादी मोर्चाले गर्न लागेको वृहत् विरोध प्रर्दशनको तयारीका निम्ति बैठक बोलाइएको हो।

पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा बस्ने बैठकमा उक्त प्रर्दशनको तयारीलगायतका विषयमाथि छलफल हुने पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिएका छन् ।

ज्वालाकाअनुसार चैत ५ गते केन्द्रीय आयोग, केन्द्रीय विभागका प्रमुख र उपप्रमुखहरु, केन्द्रीय सल्लाहकार परिषद र केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चका सचिवालय सदस्यहरुको संयुक्त बैठकको आह्वान गरिएको छ ।

त्यस्तै चैत ६ गते काठमाडौँ, ललितपुर र भक्तपुर पार्टी जिल्ला कमिटीहरुको संयुक्त बैठक, चैत ७ गते दिउँसो ३ बजे केन्द्रीय मोर्चा संगठनको बैठक, चैत ८ गते उपत्यका प्रदेश कमिटीको बैठक, चैत ९ गते पार्टी सम्पर्क प्रदेश कमिटीको बैठक केन्द्रीय कार्यालयमा बस्ने मिति तय गरिएको छ ।

 

प्रकाशित समय : ११:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु