global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ बागमतीमाथि लुम्बिनी ४८ रनले विजयी

बागमतीमाथि लुम्बिनी ४८ रनले विजयी

बागमतीमाथि लुम्बिनी ४८ रनले विजयी

जारी पीएम कपमा लुम्बिनी प्रदेशले बागमती प्रदेशमाथि रोमाञ्चक जित हासिल गरेको छ । देउखुरी क्रिकेट स्टेडियममा आइतबार सम्पन्न खेलमा लुम्बिनीले बागमती प्रदेशलाई ४८ रनले पराजित गरेको हो ।

लुम्बिनीले दिएको ११६ रनको लक्ष्य पछाएको बागमतीले २२.५ ओभरमा अल आउट हुदै ६७ रन मात्र बनाएको थियो ।

बागमतीका लागि कप्तान पृथु बास्कोटाले १५ तथा आशुतोष घिरोहिया र सुमन सुनुवारले ११-११ रन बनाएका थिए । त्यस्तै लुम्बिनीका बलर अजय चौहान र बिप्रासन केसीले ३-३ तथा निर्मल गुरुङ र रमेश कुर्मीले २-२ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको लुम्बिनीले ३२-४ ओभरमा अल आउट हुदै ११५ रन बनाएको थियो ।

लुम्बिनीका लागि आकाश त्रिपाठीले सर्बाधिक ३३ रन बनाएका थिए भने मनिष थापा र कप्तान देव खनालले १५-१५ रन बनाएका थिए । त्यसैगरी बाग्मतीका बलर गौतम केसीले ४ विकेट लिएका थिए भने सुर्य तामाङ र इशान पाण्डेले २-२ विकेट लिएका थिए ।

जारी पीएम कपमा यो लुम्बिनीको तेस्रो जित हो । लुम्बिनीको ४ खेलमा ३ जित र एक हारसहित ६ अंक भएको छ । त्यस्तै बागमतीको भने चौथो खेलमा तेस्रो हार हो । बागमतीको ४ खेलमा एक जितबाट २ अंक रहेको छ ।

प्रकाशित समय : १५:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु