global ime bank Long Banner Ad

गृहपृष्ठ पैतालीस कोठाको स्वास्थ्य चौकी निर्माण

पैतालीस कोठाको स्वास्थ्य चौकी निर्माण

पैतालीस कोठाको स्वास्थ्य चौकी निर्माण

भूकम्पमा भत्केको घैरुङ स्वास्थ्य चौकीको भवन पुनर्निर्माण सम्पन्न भएको छ । जिल्लाको सहिद लखन गाउँपालिका–६ घैरुङस्थित स्वास्थ्य चौकीको भवन आठ करोड ५४ लाख छ हजार लागतमा पुनर्निर्माण सम्पन्न भएको हो ।

गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरका अनुसार सङ्घीय सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र भारत सरकारको आर्थिक सहयोगमा स्वास्थ्य चौकी पुनर्निर्माण गरिएको हो । पैतालीस कोठाको नवनिर्मित भवनबाट आगामी चैतदेखि सेवा प्रवाह गरिने उनले जानकारी दिए ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भवन भत्काएपछि घैरुङस्थित हिमालय माध्यामिक विद्यालयमा सञ्चालन हुँदै आएको छ ।

प्रकाशित समय : १०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु