global ime bank Long Banner Ad

गृहपृष्ठ कवि अधिकारीको ‘पानीको परेड’ सार्वजनिक

कवि अधिकारीको ‘पानीको परेड’ सार्वजनिक

कवि अधिकारीको ‘पानीको परेड’ सार्वजनिक

कवि तथा गीतकार दिनेश अधिकारीको कविताकृति ‘पानीको परेड’ सार्वजनिक भएको छ । आज यहाँ आयोजित कार्यक्रममा कविद्वय डा नवराज लम्साल र मोमिलालाई आफ्नो कविता सङ्ग्रह उपहार प्रदान गरेसँगै कृति सार्वजनिक गरिएको हो ।

नेपालयले प्रकाशनमा ल्याएको उक्त कविता सङ्ग्रहमा कवि अधिकारीले २०६४ सालदेखि २०८० सालसम्म लेख्नुभएका पूर्वप्रकाशित र अप्रकाशितसमेत गरी ७७ वटा कविता समेटिएका छन् । यो १७औँ कृति हो ।

कवि लम्सालले अधिकारी वस्तुगत चेतनामाथि आत्मगत हस्तक्षेप गर्न सक्ने अतिरिक्त सामथ्र्य भएको काव्यिक क्षमताका कविका रूपमा स्थापित भएको बताए । कवि तथा निबन्धकार मोमिलाले अधिकारी कवितामा कलात्मक पाराले मसिनो ढङ्गबाट अभिव्यक्त गर्ने सीमान्त शिल्पी र शब्दका जादुगरका रूपमा रहेको धारणा राखे ।

अन्तरराष्ट्रिय नारी दिवसका सन्दर्भ पारेर कृति सार्वजनिक गरिएको हो । कवि अधिकारीले सङ्घर्ष र सौहाद्र्रताको स्मरण गर्दै आफ्नो कविता–यात्रा ५०औँ वर्षमा प्रवेश गर्न लागेकामा खुसी व्यक्त गरे । सो अवसरमा  ‘आमा’, ‘अन्तिम तयारी’, ‘बिहे’ र ‘अचानक एक दिन’ शीर्षकका कविता वाचन गरेको थियो ।

प्रकाशित समय : १८:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु