global ime bank Long Banner Ad

गृहपृष्ठ बंगलादेशका मुशफिकुरको एकदिवसीय क्रिकेटबाट सन्यास

बंगलादेशका मुशफिकुरको एकदिवसीय क्रिकेटबाट सन्यास

बंगलादेशका मुशफिकुरको एकदिवसीय क्रिकेटबाट सन्यास

बंगलादेशका ब्याट्सम्यान मुशफिकुर रहिमले एकदिवसीय क्रिकेटबाट सन्यास लिएका छन् । मुशफिकुरले सामाजिक सञ्जालमार्फत आफ्नो सन्यासको जानकारी दिएका हुन् । बंगलादेश च्याम्पियन्स ट्रफीबाट बाहिरिएको एक हप्तापछि रहिमले सन्यासको घोषणा गरेका छन् ।

मुशफिकुरको एकदिवसीय करियर १९ वर्षको रह्यो । उनी बंगलादेशका पूर्व कप्तान पनि हुन् ।

मुशफिकुरले सामाजिक सञ्जालमा लेखेका छन्-म आज एकदिवसीय क्रिकेटबाट सन्यास लिँदैछु । हाम्रा अन्तर्राष्ट्रिय क्रिकेटमा उपलब्धिहरू कम छन् । तर जब म देशको लागि खेले, म पूर्ण समर्पण र इमानदारीका साथ खेले । पछिल्ला केही हप्ताहरू मेरा लागि धेरै गाह्रो भएको छ ।

मुशफिकुर रहिम बंगलादेशका लागि दोस्रो सर्वाधिक एकदिवसीय रन बनाउने खेलाडी हुन् । उनले २७४ एकदिवसीय खेलमा ७७९५ रन बनाएका छन् । जसमा ९ शतक र ४९ अर्धशतक समावेश छन् । साथै, उनी २५० भन्दा बढी एकदिवसीय खेल खेल्ने केवल ५ विकेटकिपरमध्ये एक हुन् । रहिम सूचीमा चौथो स्थानमा छन् ।

उनले २०२२ को टी-२० विश्वकपपछि ३७ बर्षिय मुशफिकुरले टी-२० बाट सन्यास लिएका थिए । उनले टेस्ट क्रिकेट भने खेल्ने बताएका छन् । अहिलेसम्म ९४ टेस्ट खेलेका छन् । यदि रहिमले १०० टेस्ट खेले भने, उनी यो आंकडामा पुग्ने पहिलो बंगलादेशी खेलाडी बन्नेछन् ।

प्रकाशित समय : ०७:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु