global ime bank Long Banner Ad

गृहपृष्ठ वडा कार्यालयका लागि श्रेष्ठ दम्पतीद्वारा जग्गा दान

वडा कार्यालयका लागि श्रेष्ठ दम्पतीद्वारा जग्गा दान

वडा कार्यालयका लागि श्रेष्ठ दम्पतीद्वारा जग्गा दान

लमजुङको सुन्दरबजार नगरपालिका–२ परेवाडाँडामा वडा कार्यालय निर्माण गर्नका लागि स्थानीय समाजसेवी बाबुलाल श्रेष्ठ र उनकी धर्मपत्नी आशमाया श्रेष्ठले एक रोपनी ११ आना जग्गा दान गरेका छन ।

जग्गा प्राप्तिसँगै अब वडा कार्यालयको भवन निर्माण गर्ने बाटो खुलेको छ । दान गरिएको जग्गाको हालको मूल्य प्रतिरोपनी १८ लाख रहेको छ । दान गरिएको जग्गा जम्मा ३० लाख बराबरको रहेको वडाअध्यक्ष नवीनकुमार श्रेष्ठले बताए ।

चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले ३० लाख र सुन्दरबजार नगरपालिकाले ३० लाख गरी जम्मा ६० लाख बजेट वडाको भवन निर्माण गर्न विनियोजन गरिसकेको छ । अब छिट्टै भवन निर्माण सुरु गरिने वडाअध्यक्ष श्रेष्ठले जानकारी दिए।

प्रकाशित समय : १६:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु