गृहपृष्ठ जेलेन्स्कीसँगको झगडापछि युक्रेनलाई सहायता रोक्दै ट्रम्प

जेलेन्स्कीसँगको झगडापछि युक्रेनलाई सहायता रोक्दै ट्रम्प

जेलेन्स्कीसँगको झगडापछि युक्रेनलाई सहायता रोक्दै ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई सैन्य सहायता स्थगित गरेका छन। उनले किएभलाई रुससँग शान्ति वार्तामा सहमत हुन दबाब दिएका छन र युरोपलाई आफ्नो रक्षा बढाउन आठ खर्ब युरोको योजना सार्वजनिक गर्न प्रेरित गरेका छन ।

यो कदम युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की र ट्रम्पबीचको आश्चर्यजनक सार्वजनिक झडपको केही दिनपछि आएको हो । ट्रम्पले युद्धलाई चाँडै अन्त्य गर्न खोजिरहेका छन ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले अमेरिका–युक्रेन सहायता निलम्बन ‘शान्तिका लागि सबैभन्दा राम्रो योगदान’ हो भन्दै यसले किएभ शासनलाई शान्ति प्रक्रियामा धकेल्न सक्ने बताएका छन । अमेरिकी हतियारहरूको आपूर्तिमा कुनै पनि अवरोधले युद्ध क्षेत्रमा युक्रेनको रुसी आक्रमणलाई पछाडि धकेल्ने सम्भावनालाई तुरुन्तै कमजोर बनाउनेछ ।

यसअघि सोमबार पत्रकारहरूले सोधपुछ गर्दा ट्रम्पले रोक लगाउन अस्वीकार गर्नुभएको थियो तर ह्वाइट हाउसका एक अधिकारीले नाम नछाप्ने सर्तमा सहायता रोकिने बताए । “राष्ट्रपतिले आफू शान्तिमा केन्द्रित रहेको स्पष्ट पारेका छन । हामीलाई हाम्रा साझेदारहरू पनि त्यो लक्ष्यप्रति प्रतिबद्ध हुन आवश्यक छ”, ह्वाइट हाउसका अधिकारीले सोमबार बेलुका भने, “यसले समाधानमा योगदान गरिरहेको छ भनेर सुनिश्चित गर्न हामी हाम्रो सहायता रोकिरहेका छौँ र समीक्षा गर्दैछौँ ।”

युरोपेली आयोगका प्रमुख उर्सुला भोन डेर लेयनले केही घण्टापछि युरोपको रक्षाका लागि करिब आठ खर्ब युरो जुटाउने र युक्रेनलाई ‘तत्काल’ सैन्य सहयोग उपलब्ध गराउन सहयोग गर्ने पाँच भागको योजना प्रस्तुत गरे।“यो युरोपका लागि एक महत्त्वपूर्ण समय हो र हामी तयार छौँ”, लेयेनले ब्रसेल्समा मङ्गलबार बिहान घोषणा गर्दै भने ।

निलम्बनपछि बेलायतले पनि युक्रेनलाई आफ्नो समर्थन गर्ने प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री किर स्टार्मरले युक्रेनमा शान्ति सुनिश्चित गर्न ‘लेजर–केन्द्रित’ भएको उनका सहायक एन्जेला रेनरले बताए ।

 

प्रकाशित समय : १८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु