गृहपृष्ठ बरामद गरिएका सामान भन्सार कार्यालयलाई हस्तान्तरण

बरामद गरिएका सामान भन्सार कार्यालयलाई हस्तान्तरण

बरामद गरिएका सामान भन्सार कार्यालयलाई हस्तान्तरण

सशस्त्र प्रहरी बलको टोलीले भन्सार छली लुकाईछिपाई केरुङ हुँदै चीनबाट ल्याइएका उपभोग्य वस्तु एवं लत्ताकपडा बरामद गरी स्थानीय टिमुरे भन्सार कार्यालयलाई बुझाएको छ ।

धुन्चेस्थित सशस्त्र प्रहरी बल २० नम्बर गुल्मले चीनतर्फबाट ल्याइएका चक्लेट, ओेखर, सस, टिमुरको तेल, जुत्ता तथा कपडालगायत सामग्री बरामद गरी भन्सार कार्यालय टिमुरेलाई बुझाएको हो ।

केरुङबाट रसुवागढी हुँदै बिक्रीका लागि काठमाडौँतर्फ लाँदै गरेको अवस्थामा ती सामान बरामद गरिएको हो । सशस्त्र प्रहरीले सार्वजनिक यातायातमा नियमित जाँच गर्ने क्रममा आज ती सामान बरामद गरी नियमानुसार भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।

टिमुरे भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बरामद गर्ने अवैध सामग्री नियमानुसार भन्सार कार्यालयमा बुझाउने गरेको बताए । बरामद गरिएका सामग्रीको गुणस्तर जाँच गराई खानयोग्यलाई लिलाम र गुणस्तरहीन सामग्रीलाई नष्ट गरिने व्यवस्था रहेको भन्सार अधिकृत भट्टराईले जानकारी दिए । लिलाम तथा नष्ट गराउने व्यवस्थाका लागि भन्सारमा छुट्टै अधिकारसम्पन्न एक समिति रहेको र सो समितिले गरेको निर्णयका आधारमा बरामदी सामग्रीको व्यवस्थापन गरिने कानुनी व्यवस्था रहेको भन्सार कार्यालयले स्पष्ट गरेको छ ।

प्रकाशित समय : १४:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु