global ime bank Long Banner Ad

गृहपृष्ठ मुख्यमन्त्री कार्कीद्वारा शिवरात्रि पर्व शुभकामना

मुख्यमन्त्री कार्कीद्वारा शिवरात्रि पर्व शुभकामना

मुख्यमन्त्री कार्कीद्वारा शिवरात्रि पर्व शुभकामना

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महाशिवरात्रि पर्वको सम्पूर्ण स्वदेशी तथा विदेशी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरका छन ।

मुख्यमन्त्री कार्कीले आज एक शुभकामना सन्देश जारी गर्दै पर्वको उपलक्ष्यमा प्रदेशसहित स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको कामना गरेका छन ।

“हाम्रो मुलुकमका धेरै धार्मिक सम्प्रदायभित्र विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास निरन्तर प्रतिविम्बित भएको पाइन्छ । आराध्यदेव पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई साक्षात् शिवस्वरुपम मानेर आस्था राख्ने विश्वभरिका श्राद्धालुका लागि नेपाल सदैव आध्यामिक चिन्तनको केन्द्र रही आएको छ”, सन्देशमा भनिएको छ ।

उनले यसपर्वले हामीलाई एक आपसमा मिलेर बस्न र भाइचाराको भावना विकास गर्न सहयोग पु-याएको भन्दै बहुभाषिक, बहुधार्मिक र बहुजातिय मिश्रण रहेको हाम्रो मुलुकमा यस्ता आस्थाका धरोहरले धार्मिक सहिष्णुता अभिवृद्ध गरेको उल्लेख गरे ।

मुख्यमन्त्री कार्कीले पवित्र पाशुपतक्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभई समस्त हिन्दुका लागि गौरवको विषय हो भन्दै पवित्र पाशुपात क्षेत्रको विकास र प्रचारप्रसार गर्दै नेपालमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न सकिने धारणा राखे ।

उनले सन्देशमा भनेका छन, “प्रदेश सरकार सबै किसिमका धर्म र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै धार्मिक क्षेत्रको विकासलाई पर्यटनसँग जोडेर धार्मिक पर्यटन प्रवर्द्धनको अभियानमा क्रियाशील छ ।”

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको उल्लेख गरेका छन । उनले शिवरात्रिसँगै मनाइने सैनिक दिवसका अवसरमा पनि शुभकामना व्यक्त गरेका छन ।

प्रकाशित समय : १२:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु