global ime bank Long Banner Ad

गृहपृष्ठ अल नासर पराजित

अल नासर पराजित

अल नासर पराजित

साउदी प्रो लिग अन्तर्गत अल नासर पराजित भएको छ । गएराती सम्पन्न खेलमा अल नासर अल इत्तिफाकसँग ३-२ गोल अन्तरले पराजित भएको हो ।

अल इत्तिफाकको जित मा जोर्जिनियो विजनाल्डमले २ गोल गरेका थिए भने एक गोल अल नासरका मोहमद अल फातिले आत्मघाती गोल गरेका थिए ।

त्यस्तै अल नासरका लागि आयम्यान याहया र मोहमद अल फातिले एक एक गोल गरेका थिए ।

यस खेलमा खेलको इन्जुरी समयमा अल नासरका जोन दुरानले रातो कार्ड पाएका थिए ।

यो यस सिजनमा अल नासरको तेस्रो हार हो । यो हारपछि अल नासरको २१ खेलमा ४४ अंक रहेको छ र लिगमा चौथो स्थानमा झरेको छ ।

त्यस्तै अल इत्तिफाकको भने यो जितपछि २१ खेलमा २८ अंक भएको छ र लिगमा आठौँ स्थानमा छ ।

प्रकाशित समय : ०७:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु