गृहपृष्ठ शैक्षिक संस्थाले विद्यार्थीलाई देशभक्त र समाजप्रति उत्तरदायी बनाउन सिकाउनुपर्छ : अध्यक्ष बिजुक्छेँ
शैक्षिक संस्थाले विद्यार्थीलाई देशभक्त र समाजप्रति उत्तरदायी बनाउन सिकाउनुपर्छ : अध्यक्ष बिजुक्छेँ
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें ९रोहित०ले देशभरका शैक्षिक संस्थाले आफ्ना विद्यार्थीलाई देशभक्त र समाजप्रति उत्तरदायी बनाउनु पर्ने बताएको छ ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालयकोे रजत जयन्ती, ख्वप कलेजको २३ औं, शारदा क्याम्पस मा।वि।को १७ औँ र ख्वप कलेज अफ ल को दोस्रो वार्षिक उत्सव कार्यक्रमको शुक्रबार उद्घाटन गर्दै सत्य र सही कुरामा अडान लिने देशभक्त जनशक्ति विद्यालयले तयार पार्नुपर्ने बताए । सरकारले ख्वप विश्व विद्यालय सञ्चालनका लागि स्वीकृत दिन ढिलाई गर्न नहुने बताउदै भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने ख्वप विश्वविद्यालय भक्तपुरको मात्र नभई देशकै आवश्यकता भएको बताए ।
अध्यक्ष बिजुक्छेँले भने, “ख्वप विश्वविद्यालय सञ्चालन हुनसके गरिब जनताका छोराछोरीहरुले सस्तोमा गुणस्तरीय मेडिकल शिक्षा प्राप्त गर्न पाउँछन् । ख्वप विश्वविद्यालय सम्बन्धन दिने विषयमा सरकारले ढिलाई गदैन ।” उनले कलेजद्वारा प्रकाशित ‘ख्वप जर्नल’ पुस्तक सार्वजनिकीकरण गरे ।
कार्यक्रममा नगरपालिकाद्धारा सञ्चालत कलेजहरुका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरु देशकै नमुना शैक्षिक संस्थाहरुको रुपमा विकास भइरहेको भन्दै ख्वप विश्वविद्यालय सञ्चालन गर्न सरकार तयार हुनुपर्ने बताए ।
नगरपालिकाका उपप्रमुख भक्तपुर नगरपालिबाट सञ्चालित कलेजहरुले यहाँका विद्यार्थीहरुलाई इमानदारिता, अनुशासन र सामाजिक उत्तरदायित्व वहन गर्ने विषयबाट पनि प्रशिक्षित गर्दै आएको बताए ।
विश्वविद्यालय अनुदान आयोगका उपनिर्देशक धनकृष्ण प्रजापतिले आयोगले विद्यार्थीलाई छात्रवृत्ति तथा शोध सहयोग, शिक्षक तथा कर्मचारीहरुको सीप, दक्षता अभिवृद्धिका लागि तालिम समेत प्रदान गर्दै आएको बताए ।
वार्षिकोत्सव कार्यक्रममा ख्वप मावि र ख्वप कलेजमा १० वर्ष सेवा अवधि पूरा गर्ने शिक्षक तथा कर्मचारीहरुलाई कदर पत्र, २५ वर्ष सेवा पूरा गरेका शिक्षक कर्मचारीहरुलाई दीर्घ सेवा पदक र विद्यावारिधी गरेका शिक्षकहरुलाई सम्मान गरिएको थियो ।
प्रकाशित समय : ०६:५९ बजे


















