global ime bank Long Banner Ad

गृहपृष्ठ मुख्यमन्त्री सिंहद्वारा वीरगञ्जका अस्पतालको अनुगमन

मुख्यमन्त्री सिंहद्वारा वीरगञ्जका अस्पतालको अनुगमन

मुख्यमन्त्री सिंहद्वारा वीरगञ्जका अस्पतालको अनुगमन

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको अनुगमन टोलीले वीरगञ्जमा सञ्चालन हुँदै आएको नेपाल–इन्डो हस्पिटल एण्ड आई सेन्टर प्रालि बन्द गर्न निर्देशन दिएको छ ।

अनुगमन टोलीले आज वीरगञ्जका विभिन्न निजी अस्पतालको स्थलगत अनुगमन गर्ने क्रममा सो अस्पतालले प्रचलित कानुनबमोजिम अस्पताल सेवा सञ्चालन स्वीकृति लिएको नदेखिएकाले तहाँ उपचाररत बिरामीलाई स्थान्तरण गरी अस्पताल पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएको हो ।

मधेस प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरले अनुगमनका क्रममा नेपाल इन्डो अस्पतालको आवश्यक कागजात नभेटिएकाले अस्पतालको सेवा सञ्चालन बन्द गर्न निर्देशन दिएको जानकारी दिए

मुख्यमन्त्रीसहितको अनुगमन टोलीले वीरगञ्जका स्पर्श मल्टिस्पेशलिटी हस्पिटल, भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरलाई नवीकरण गर्न निर्देशन दिएको छ ।

अनुगमनका क्रममा वीरगञ्जका कुनैपनि निजी अस्पतालमा गुणस्तरीय प्रयोगशाला नभेटिएको जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिए । “२५ शय्यामाथिका अस्पतालको बेग्लाबेग्लै कक्ष हुनुपर्नेमा देखिएन”, उनले भने, “सरकारको नीतिअनुसार यहाँका अस्पतालले १० प्रतिशत श्ययाको व्यवस्था गर्नुपर्नेमा सो गरेको पनि देखिएन ।”

मुख्यमन्त्री सिंहको नेतृत्वमा वीरगञ्जका करिब छ भन्दा बढी अस्पतालको अनुगमन गरिएको थियो ।

प्रकाशित समय : १९:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु