गृहपृष्ठ ‘अलपत्र योजनाका कारण परिणाम देखिन सकेन’
‘अलपत्र योजनाका कारण परिणाम देखिन सकेन’
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अघिल्लो सरकारका पालाका ८० प्रतिशत योजना अलपत्र हुँदा परिणाम आउन नसकेको बताए।
प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिको आज यहाँ भएको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा योजनाहरु अलपत्र अवस्थामा रहेकै कारण वर्तमान सरकारको प्रगति देखिन नसेकेको जिकिर गरे ।
मुख्यमन्त्री कँडेलले त्यस्ता योजनाबारे सत्यतथ्य उजागर गर्न कलम चलाउनसमेत पत्रकारलाई आग्रह गरे। बजेट वितरण, योजना छनोट र पारदर्शितासम्बन्धी गुनासो आएकाले आफूले योजना बैंकको कुरा अगाडि सारेको भनाइ थियो ।
प्रदेश सरकारले गर्ने हरेक काममा मिडिया आलोचनात्मक साथ हुनुपर्ने भन्दै मुख्यमन्त्री कँडेलले पत्रकारको सकरात्मक, रचनात्मक आलोचनाबाट नै सरकारको लागि सहयोग पुग्नेसमेत बताए । “वषौँदेखि ठेक्का लिएको छ तर काम गर्दैन । यस्तो तरिकाले कर्णाली प्रदेश कसरी अगाडि बढन सक्छ रु यस्ता सवालमा हामी सबै सचेत हुन आवश्यक छ”, उनले भने ।
मुख्यमन्त्री कँडेलले कर्णालीमा भएको स्रोत साधनलाई सही रूपमा सदुपयोग गरी सरकार अगाडि बढेको र घाँटी हेरेर गाँस हालेमा मात्र प्रदेश सरकार सफल हुने तर्क गरे।
प्रकाशित समय : २०:०१ बजे


















