गृहपृष्ठ अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा कन्काई विजयी

अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा कन्काई विजयी

अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा कन्काई विजयी

विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा कन्काई नगरपालिका विजयी बनेको छ । आज भएको पहिलो सेमिफाइनलमा मेचीनगर नगरपालिकालाई सडनडेथमा ४–३ गोलले पराजित गर्दै कन्काई विजयी बनेसँगै फाइनल पुगेको हो ।

निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा पनि २–२ गोलको बराबरी भएपछि नतिजा सडन डेथमार्फत निकालिएको हो ।

कन्काइका लागि एलेक्स चौधरी, वर्षा मगर, सुशीला चौधरी र छत्रिका चौधरीको प्रहार गोलमा परिणत भएको थियो भने पूर्णिमा राई र सुक्रिया मियाको प्रहार खेर गएको थियो । यसैगरी, मेचीनगरका लागि सेमिहाङमा लिम्बू, रोजिना राई, भावना परियारको प्रहार गोलमा परिणत हुँदा वर्षा ओली, करूणा बुढाथोकी र बबिता कार्कीको प्रहार खेर गएको थियो ।

खेलको प्लेयर अफ दी म्याच कन्काइकी सुशीला चौधरी घोषित हुँदै नगद पाँच हजार पाउन सफल भइन् । शनिबार अन्तिम सेमिफाइनल खेल अर्जुनधारा नगरपालिका र भद्रपुर नगरपालिकाबीच हुनेछ । फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद तीन लाखसहित आकर्षक ट्रफी पाउने छ । उपविजेताले नगद एक लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिता बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको हो ।

प्रकाशित समय : २१:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु