गृहपृष्ठ सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चिल्ड्रेन लाइफलाई
सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चिल्ड्रेन लाइफलाई
बागलुङ नगरपालिका स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलले जितेको छ।
बिहीबार सम्पन्न प्रतियोगितामा १५ स्वर्ण पदक सहित ५७ पदक जित्दै चिल्ड्रेन लाइफले उपाधि चुमेको हो। चिल्ड्रेन लाइफले २३ रजत र १९ कास्य पदक जित्यो। ११ स्वर्ण, ६ रजत र ११ कास्य पदक जितेको अमर आदर्श आवासीय माध्यमिक विद्यालय दोस्रो भएको छ। अमर आदर्श साविक विजेता समेत हो। यस्तै १० स्वर्ण, १ रजत र ३ कास्य पदक जितेको गणेश माध्यमिक विद्यालय तेस्रो भएको छ।
प्रतियोगितामा सबैभन्दा आकर्षक मानिने भलिबल तर्फ छात्र भलिबलमा विद्यामन्दिर माध्यमिक विद्यालयले स्वर्ण पदक जित्यो। फाइनल खेलमा विद्यामन्दिरले धवलागिरि विरेन्द्र माध्यमिक विद्यालयलाई २५–११, २५–२०, १९–२५ र १५–११ को सेटमा पराजित गरेको हो।
यस्तै चिल्ड्रेन लाइफले सिगाना माविलाई २५–२० र २५–२३ को सेटमा पराजित गर्दै कास्य पदक जित्यो। छात्रा तर्फको भलिबलमा धवलागिरि विरेन्द्र माविले स्वर्ण पदक जितेको छ।
प्रकाशित समय : २०:५७ बजे


















