गृहपृष्ठ पोखरा गोल्ड कप : पुलिस र ब्ल्याक बुल्सबीच उपाधि भिडन्त
पोखरा गोल्ड कप : पुलिस र ब्ल्याक बुल्सबीच उपाधि भिडन्त
सहारा क्लब पोखराले आयोजना गरेको आहारारा पोखरा गोल्ड कपको २४औँ संस्करण शनिबार समापन हुँदै छ। फाइनलमा नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी आमनेसामने हुनेछन्।
बुधबारसम्म प्रतियोगिताका खेल संख्या २५१ पुगेको छ, जुन मोफसलका प्रतियोगितामध्ये सर्वाधिक हो। सहारा क्लबले २०५८ सालमा क्याराभान गोल्ड कपका रूपमा प्रतियोगिता सुरु गरेको थियो।
मनाङ मर्स्याङ्दी क्लबले १२ पटक फाइनल खेलेको इतिहास भए पनि पुलिस ११औँ पटक फाइनल पुगेको छ। यदि पुलिसले जितेमा ७ पटक उपाधि जित्ने पहिलो टिम बन्नेछ। ब्ल्याक बुल्सले जितेमा पहिलो सहभागितामै उपाधि जित्ने नयाँ क्लब हुनेछ।
प्रकाशित समय : २०:१७ बजे


















