गृहपृष्ठ शनिबारदेखि बाँकेमा मेयर कप प्रतियोगिता हुने

शनिबारदेखि बाँकेमा मेयर कप प्रतियोगिता हुने

शनिबारदेखि बाँकेमा मेयर कप प्रतियोगिता हुने

बाँके जिल्ला फुटबल संघको आयोजनामा शनिबारदेखि नेपालगन्जमा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ ।

नेपालगन्ज रंगशालामा हुने अन्तर विद्यालयस्तरीय प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन नेपालगन्ज सेन्ट जेभियर्स स्कुल र होप इन्टरनेसनल स्कुलले प्रतिस्पर्धा गर्ने छन् ।

मेयर कप फुटबल प्रतियोगिता–२०८१ मा छात्रतर्फ २१ विद्यालयको सहभागिता रहेको छ । नेपालगन्ज रंगशालामा बिहीबार सार्वजनिक गरिएको खेल तालिकाको समूह ‘ए’ मा नेपालगन्ज सेन्ट जेभियर्स स्कुल, होप इन्टरनेशनल, पशुपति मावि राँझा, ब्राइटल्याण्ड मावि, ड्रिमल्याण्ड, मनकामना, सगरमाथा, राम मावि, मोर्डन पब्लिक र जीवनज्योती स्कुल रहेका छन् ।

यसैगरी समूह ‘बी’ मा आदर्श मावि राँझा, जय बागेश्वरी स्कुल, मुनतारा, ग्रीनपीस, आदर्श मावि नेपालगन्ज, सेन्टथोमस, सिद्धार्थ विद्या सदन, धम्बोझी मावि, मंगलप्रसाद मावि, युनाईटेड र नेपालगन्ज मोडेल एकेडेमी रहेका छन् । प्रतियोगिताको फाइनल खेल फागुन ३ गते हुनेछ ।

प्रकाशित समय : ११:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु