nmb bank

गृहपृष्ठ कांग्रेसले विपन्न नागरिकका पक्षमा काम गर्दै आएको छ : डा कोइराला

कांग्रेसले विपन्न नागरिकका पक्षमा काम गर्दै आएको छ : डा कोइराला

कांग्रेसले विपन्न नागरिकका पक्षमा काम गर्दै आएको छ : डा कोइराला

नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले पार्टीले स्थापनाकालदेखि नै विपन्न नागरिकका पक्षमा काम गर्दै आएको बताएका छन् ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको १९औँ स्थापना दिवस तथा रक्तदान कार्यक्रममा आज यहाँ आयोजित कार्यक्रममा नेता डा कोइरालाले कांग्रेसले मुलुकका कम आय भएका नागरिक र किसानको हितमा स्थापनाकालदेखि नै काम गर्दै आएको उल्लेख गरे ।

कांग्रेस केन्द्रीय सदस्य एवं आप्रवासन विभाग प्रमुख प्रकाश रसाइली स्नेहीले वैदेशिक रोजगार व्यवसायलाई अनुशासित ढङ्गले अगाडि बढाउनुपर्ने बताए । उनले आगामी फागुनमा हुने लोकतान्त्रिक व्यवसायीको निर्वाचनमा लोकतान्त्रिक प्यानललाई जिताउन सबै लाग्नुपर्ने उल्लेख गरे ।

एशोसिएसनका संस्थापक अध्यक्ष तिलक रानाभाटले मुलुकमा वैदेशिक रोजगारीको विकल्प नभएको बताए । एशोसिएसनका अध्यक्ष दीपक थापाले वैदेशिक रोजगार व्यवसायलाई ठगी खाने पेसा नभएर पवित्र पेसा हो भन्ने समाजलाई बुझाउन जरुरी रहेको उल्लेख गरे।

एशोसिएसनको स्थापना दिवसका अवसरमा गरिएको रक्तदान कार्यक्रममा एक सय १७ जनाले रक्तदान गरेका अध्यक्ष थापाले बताए ।

प्रकाशित समय : २१:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु