गृहपृष्ठ कोशी पर्यटन वर्षको तयारीमा जुट्न मुख्यमन्त्री कार्कीको आग्रह
कोशी पर्यटन वर्षको तयारीमा जुट्न मुख्यमन्त्री कार्कीको आग्रह
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कोशी प्रदेश पर्यटन वर्ष–२०८२ को तयारीमा जुट्न आग्रह गरेका छन् ।
सुनसरीको कोशी गाउँपालिका–३ स्थित कोशी टप्पु वन्य जन्तु आरक्षमा आज पर्यटन वर्ष २०८२ को तयारी स्वरुप बसेको बैठकमा मुख्यमन्त्री कार्कीले पर्यटकको गन्तव्यबारे चर्चा गरे । मूल आयोजक समितिको बैठकले आन्तरिक तथा विदेशी पर्यटक भित्र्याउने उद्देश्यका साथ कोशी प्रदेश पर्यटन वर्ष २०८२ को तयारीमा जुट्ने निणर्य गरेको उनले जानकारी दिए । यसलाई सार्थक र प्रभावकारी रूपमा सञ्चालन गर्न बैठक बसेको उनले बताए ।
बैठकमा प्रदेश सभामुख अम्बरबहादुर विष्ट, उपसभामुख सिर्जना दनुवार, प्रदेश मन्त्री सदानन्द मण्डल, एकराज कार्की, भूपेन्द राई, उच्च पदाधिकारी, सरोकारवाला र पर्यटन क्षेत्रका प्रतिनिधिको उपस्थिति थियो । बैठकले पर्यटन प्रवर्द्धनका लागि ‘कोशी प्रदेश पर्यटन वर्ष, २०८२ सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८१’ अन्तर्गत दिगो योजना निर्माण गर्ने निणर्य गरेको छ ।
प्रकाशित समय : २१:२७ बजे





















