global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ‘एमाले चौतर्फी घेराबन्दी तोडेर अघि बढिरहेको छ’

‘एमाले चौतर्फी घेराबन्दी तोडेर अघि बढिरहेको छ’

‘एमाले चौतर्फी घेराबन्दी तोडेर अघि बढिरहेको छ’

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रचार विभागका प्रमुख एवं उपमहासचिव प्रदीप ज्ञवालीले एमाले चौतर्फी घेरबन्दी तोडेरअघि बढिरहेको बताएका छन् ।

एमाले जिल्ला कमिटी गोरखाको आयोजनामा आज सदरमुकाममा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा उनले विगतदेखि नै एमालेमाथि विभिन्न ढङ्गबाट घेराबन्दीको प्रयास भइरहेको भन्दै सबै खालका जटिलतालाई तोडेर पार्टी अहिलेको अवस्थासम्म आइपुगेको उल्लेख गरे ।

“विगतमा जहाँ हामीले निर्वाचनमा सहभागी नै हुन पाउँदैनौँ थियौ, त्यहाँ अहिले हाम्रो राम्रो उपस्थिति छ”, उनले भने, “त्यस्ता ठाउँमा पनि हामीले निर्वाचन जितेका छौं, हामी नभए पनि हुन्छ भन्ने स्थानमा अहिले हामीविना नभई नहुने अवस्था बनेको छ ।”

उनले विसं २०४८ देखि नै देशभर पार्टीको ‘ग्राफ’ निरन्तर उकालो लाग्दै गएको उल्लेख गरे । गत निर्वाचनलाई हेर्दा देशभरका ४४ जिल्लामा समानुपातिक मतका आधारमा एमाले पार्टी पहिलो र २४ जिल्लामा दोस्रो रहेको उल्लेख गर्नुहुँदै उनले गोरखा जिल्लामा पार्टीको स्थितिलाई बदल्नुपर्ने अवस्था रहेकोमा जोड दिए । “सधैँभरि एउटा तरिकाबाट हिँडेर गन्तव्यमा पुगिएन भने शैली र तौरतरिका बदल्नु पर्छ”, उपमहासचिव ज्ञवालीले भने, “यसका निम्ति सकारात्मक ढङ्गले सोचेर अघि बढ्नुहोस् ।”

प्रकाशित समय : २१:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु