गृहपृष्ठ अर्जुन ट्रफीको उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने
अर्जुन ट्रफीको उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने
क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गो ड्रिमर्सको आयोजनामा यस बर्षदेखि नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो ।
प्रतियोगितामा सहभागी आठ टीमलाई दुई समुहमा विभाजन गरिएको छ । समुह ए मा डिसिए धनगढी, फेन्ड्स युवा क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड कैलाली र बोष्टन क्रिकेट झापा रहेका छन् । समुह बी मा सिवाईसी अत्तरिया, दशरथ चन्द एकेडेमी बैतडी, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौं र न्यु होराईजन बुटबल रहेका छन् ।
माघ १९ गते हुने उद्घाटन खेलमा डिसिए धनगढी र फेन्ड्स युवा क्लब डडेल्धुरा प्रतिस्पर्धा गर्ने भएका छन् । माघ २० गते सिवाईसी अत्तरिया र दशरथ चन्द एकेडेमी बैतडीले पहिलो खेल खेल्दा दोस्रो खेलमा डिसिए धनगढी र घोडाघोडी–११ सुख्खड कैलाली खेल्नेछन् ।
माघ २१ गते पहिलो खेलमा फेन्ड्स युवा क्लब डडेल्धुरा र बोष्टन क्रिकेट झापा तथा दोस्रो खेलमा सिवाईसी अत्तरिया र क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौं खेल्नेछन् ।
प्रकाशित समय : २०:५० बजे





















