global ime bank Long Banner Ad

गृहपृष्ठ नाइजेरियामा सैनिक कारबाहीमा २५ जना लडाकु मारिए

नाइजेरियामा सैनिक कारबाहीमा २५ जना लडाकु मारिए

नाइजेरियामा सैनिक कारबाहीमा २५ जना लडाकु मारिए

नाइजेरियाली सेनाले कुख्यात विद्रोही लडाकु समूह बेलो टुर्जीको नेतृत्वमा रहेको गिरोहका कम्तीमा २५ जनालाई मारेको जनाएको छ ।

नाइजेरियाली सेनाका प्रवक्ता एडवर्ड बुबाले सोमबारदेखि मङ्गलबार उत्तरपश्चिमी राज्यहरू सोकोटो र जाम्फारामा रहेका विद्रोही लडाकु समूहको शिविरमा सेनाले आक्रमण गर्दा तुर्जीको सेकेन्ड–इन–कमान्ड अमिनु कानावा र अन्य आठ जना कमाण्डरहरू मारिएका थिए ।

बुबाले कानवा र दर्जनौं अन्यको हत्यापछि तुर्जीको शिविर अस्तव्यस्त भएको बताए ।

बुबाले भने,“लडाकुहरूको मृत्यु नाइजेरियाको उत्तरपश्चिमी भागमा महत्त्वपूर्ण धक्का थियो । लडाकुहरूको यो समूहले यस क्षेत्रभरि धेरै अपहरण र आतङ्कवादी आक्रमणहरूको लागि जिम्मेवार थियो ।”

प्रकाशित समय : २०:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु