गृहपृष्ठ एआई प्रवर्द्धनका लागि पाँच सय अर्ब डलर लगानी गर्ने ट्रम्पको घोषणा
एआई प्रवर्द्धनका लागि पाँच सय अर्ब डलर लगानी गर्ने ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रवद्र्धनका लागि ठूलो घोषणा गरेका छन्।
उनले एआईको प्रवर्द्धनका लागि पाँच सय अर्ब डलर खर्च गर्ने घोषणा गरेका हुन्। एआई प्रवद्र्धन गर्ने कार्यमा एक लाख नयाँ रोजगारी सिर्जना हुने ट्रम्पको भनाइ छ।
राष्ट्रपति ट्रम्पले आगामी पाँच वर्षमा प्रविधि क्षेत्रका ठूला कम्पनीहरू ओरैकल, ओपन एआई र सफ्ट बैंकले यो रकम लगानी गर्ने बताए। उनले यसका लागि नयाँ अमेरिकी एआई कम्पनी ‘स्टारगेट’ बनाउने घोषणा गरेका छन्।
प्रकाशित समय : १७:०५ बजे



















