global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ नेपाल सामु अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

नेपाल सामु अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

नेपाल सामु अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

अस्ट्रेलियाले नेपाल सामु १४० रनको लक्ष्य प्रस्तुत गरेको छ । आइसिसी यु–१९ ट्वान्टी– २० विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल सामू अष्ट्रेलियाले १४० रनको लक्ष्य प्रस्तुत गरेको हो ।

मलेसियाको वाइएसडी युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रनको योगफल तयार पार्न सफल भएको छ ।

अस्ट्रेलियाका लागि काओइमहे ब्रेले ३४ बलमा सामान ३ चौका र छक्काको मद्दतले सर्वाधिक ४५ रनको योगदान गरेकी थिइन भने एलेनोर लारेसाले ३१, हसरत गिलले अविजित ३० र क्लो एन्वर्थले अविजित १६ रनलगायत बनाउँदै १४० रनको लक्ष्य प्रस्तुत गरेको हो ।

यता, नेपालका लागि भने कप्तान पूजा महतोले तीन, सीमाना केसीले दुई र रिया शर्माले एक विकेट मात्र लिन सफल भएका थिए ।

प्रकाशित समय : १३:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु