गृहपृष्ठ दुर्लभ भ्रमणमा जापानद्वारा चिनियाँ सैन्य प्रतिनिधिमण्डललाई स्वागत
दुर्लभ भ्रमणमा जापानद्वारा चिनियाँ सैन्य प्रतिनिधिमण्डललाई स्वागत
अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको पुनरागमनअघि एसियाली छिमेकीहरूले चिसो सम्बन्ध सुधार्ने प्रयास गर्ने क्रममा चिनियाँ सैन्य प्रतिनिधिमण्डल एक दुर्लभ आदानप्रदान भ्रमणमा रहेको मङ्गलबार जापानले जनाएको छ ।
चिनियाँ जनमुक्ति सेना (पिएलए) को पूर्वी थिएटर कमान्डका सदस्यहरूले सोमबारदेखि शुक्रबारसम्म आफ्ना जापानी समकक्षी र वरिष्ठ जापानी रक्षा अधिकारीहरूसँग भेटवार्ता गरिरहेको जापानका शीर्ष सरकारी प्रवक्ता योशिमासा हायाशीले बताइन।
नोभेम्बरमा लाओसमा क्षेत्रीय रक्षा भेलाको छेउमा जापानी र चिनियाँ रक्षामन्त्रीहरूको भेटवार्तापछि यो भ्रमणको आयोजना गरिएको हो । त्यहाँ उनिहरूले सेनाहरू बीच आदानप्रदान बढाउन सहमति जनाएको हयाशीले जानकारी दिए ।
“पाँच वर्षपछि पहिलो पटक यसले सैनिकहरूबीच आदान–प्रदान पुनः सुरु गरेको छ”, उनले नियमित प्रेस ब्रिफिङमा भने, “कमान्डर स्तरमा खुला सञ्चारमार्फत आपसी बुझाइ र विश्वासको प्रवद्र्धनले जापान र चीनबीच रचनात्मक र स्थिर सम्बन्ध निर्माणमा योगदान पु-याउनेछ, हामीलाई लाग्छ यो भ्रमणले क्षेत्रको शान्ति र स्थिरतामा योगदान पु-याउँछ ।”
पिएलए पूर्वी थिएटर कमाण्डले पनि यही विचार व्यक्त गरेको छ । “यो भ्रमणले दुई पक्षबीच समझदारी र आपसी विश्वास बढाउन तथा चीन र जापानबीच रक्षा आदानप्रदानलाई बढावा दिन मद्दत गर्नेछ”, विज्ञप्तिमा भनिएको छ ।
जापान र चीनले वर्षौंदेखि क्षेत्रीय र ऐतिहासिक विवादका साथै अन्य मुद्दाहरूले तनावग्रस्त सम्बन्धलाई सुधार्ने प्रयास गरिरहेका छन् ।तनाव कम गर्न जापानी विदेशमन्त्री ताकेशी इवायाले डिसेम्बरमा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेटेका थिए।
प्रकाशित समय : ११:३६ बजे



















