global ime bank Long Banner Ad

गृहपृष्ठ माघी पर्वले भाइचारा अभिवृद्धि गर्नेछः अध्यक्ष दाहाल

माघी पर्वले भाइचारा अभिवृद्धि गर्नेछः अध्यक्ष दाहाल

माघी पर्वले भाइचारा अभिवृद्धि गर्नेछः अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघी-माघे सङ्क्रान्ति-मकर सङ्क्रान्ति पर्वले सम्पूर्ण नेपालीमा भाइचारा अभिवृद्धि गर्ने बताएका छन् ।

माघीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा यो पर्वले सुख, शान्ति, समृद्धि, र सामाजिक एकताको भावना जगाओस् भन्ने कामना गरेका छन् ।

“यो पर्व किसानहरूले नयाँ कृषि ‘सिजन’को सुरुआतका रूपमा मनाउँछन् । जाडोयामको अन्त्य र वसन्त ऋतुको आगमनलाई सङ्केत गर्ने यो पर्व सामूहिक खानपान र सांस्कृतिक गतिविधिमा आधारित छ, जसले सामाजिक सद्भाव र एकताको सन्देश प्रवाह गर्दछ”, उनले सन्देशमा भनेका छन् ।

माघे सङ्क्रान्ति धार्मिक, ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण रहेको र यसले सबै समुदायबीच आपसी सहकार्य र सद्भावको भावना बलियो बनाउने उनले बताए । उनले भनेका छन्, “यस पर्वले विविध संस्कृति र समुदायबीच आपसी सहयोग र भाइचारा अभिवृद्धि गर्नेछ भन्ने विश्वास लिएको छु ।”

प्रकाशित समय : ११:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु