गोरु काटेको अभियोगमा ३ जना पक्राउ
वि.सं.२०७६ चैत १४ शुक्रवार २३:१५
shares

महाशिला गाउँपालिका- २, भोक्सिङ बस्ने सुजन गुरुङसमेत ३ जनालाई गोरू काटेको अभियोगमा शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले गोरु काट्दै गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुंखुदेउरालीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरू उपर थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।























