global ime bank Long Banner Ad

गृहपृष्ठ महावीर पुनले नि:शुल्क पीपीई दिने

महावीर पुनले नि:शुल्क पीपीई दिने

महावीर पुनले नि:शुल्क पीपीई दिने

रोमन म्यागसेसे पुरस्कार विजेता महावीर पुनले कोरोना भाइरसको उपचार गर्न चिकित्सकले लगाउने पोशाक ‘व्यक्तिगत सुरक्षा उपकरण’ (पीपीई) निःशुल्क उपलब्ध गराउने भएका छन् । बिहीबारदेखि पीपीई बनाउन थालेका पुनले सरकार र अस्पताललाई आफूले निःशुल्क रुपमा उक्त सामग्री वितरण गर्ने बताए ।

बिहीबार नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालालाई नमूना देखाएपछि साँझैबाट उत्पादन सुरु गरिएको उनले बताए । [एउटा पीपीई बनाउनका लागि एक हजार पर्छ,’ उनले भने, ]एक हजार उठाउँदै जान सम्भव हुँदैन । त्यसैले उक्त सामग्री निःशुल्क दिनेछु ।’

चप्पल कारखाना र पेप्सीकोला दुई ठाउँमा छजना मजदुरले अहिले पीपीई उत्पादन गरिरहेका छन् । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षसमेत रहेका पुनका अनुसार एकजना मजदुरले दिनमा आठवटा पीपीई बनाउने छन् ।

त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, बीपी कोइराला विज्ञान प्रतिष्ठान अस्पताल धरानका चिकित्सकले पीपीई बनाउन भनेपछि उनले बनाउन थालेका हुन् । ‘शिक्षण अस्पतालका चिकित्सकले एउटा नमूना दिनुभयो,’ उनले भने, ‘अनि त्यही नमूनाअनुसार मैले पीपीई बनाउन थालेको हुँ ।’ उनले पीपीई बनाउन थालेपछि जिल्लाका अस्पतालबाट चाहियो भनेर फोन आउने गरेका छन् ।

मजदुर र कच्चा पदार्थको अभाव

पुनले कोरोना भाइरस रोकथाम गर्न प्रयोग गरिने पीपीई आफूले उत्पादन गरे पनि अहिले लकडाउनका कारण मजदुर र कच्चा पदार्थको अभाव भएको बताए ।

‘मैले चाहिनेजति नै पीपीई बनाउने थिएँ । तर अहिलेको अवस्थाले गर्दा मजदुर र कच्चा पदार्थ पर्याप्त नपाइएकाले धेरै बनाउन समस्या भइरहेको छ,’ उनले भने । उनले पीपीई बनाउन चाहिने कच्चा पदार्थ र मजदुर अहिले खोजिरहेका छन् । (रासस)

प्रकाशित समय : २३:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु