global ime bank Long Banner Ad

गृहपृष्ठ महालक्ष्मीविकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यत्रमहरु सम्पन्न

महालक्ष्मीविकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यत्रमहरु सम्पन्न

महालक्ष्मीविकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यत्रमहरु सम्पन्न

महालक्ष्मीविकास बैंकले शिक्षा, स्वास्थ्य, दैवीप्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नितिअनुरुप बैंकले विभिन्न्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

सोहीअन्तर्गत महालक्ष्मी विकास बैंकको लालबन्दी शाखाद्धारा रोटरी क्लबअफ ठमेल काठमाण्डौं र रोट-याक्ट क्लबअफ थेम्स इन्टरनेशनल कलेजको संयुक्त पहलमा गरिएको परियोजना“परियोजना न्यानो “अन्तर्गत मिति २०८१ सालपौष १३ गते ईश्वरपुर नगरपालिका वडा न. २, सर्लाहीका सीमान्तकृत मुसहर समुदायलाई न्यानो डस्ना, ब्ल्याङ्केट र कपडाहरु वितरण गर्न आर्थिक सहयोग गरेको छ ।

त्यसै गरी बैंकको राजापुर शाखाद्वारा मिति २०८१/०८/२२ गते देखीमिति २०८१/०८/२९ गते सम्मधार्मिक सप्ताह श्रीमद् भागवत ज्ञानमहायज्ञ संचालन भएकोमा अमर शहिद बहुमुखी क्याम्पस सँगको सहकार्यमा उक्त अवधिभर जथाभावी भएको फोहोर संकलन तथा क्याम्पस रोड र क्याम्पस परिसर भित्र सरसफाई गर्न तथा फोहोरमैलाहरु व्यवस्थापन गर्न डस्टबिनहरु वितरण गरेको छ ।

श्री राजदेवी साङ्गितिक समुह, कलैया बाराले कलैया उ.म.न.पा, वडा न. १ स्थित राजदेवी माता मन्दिरको प्राङ्गणमा आयोजना गरेको रक्त दानकार्यत्रममा आवश्यक पर्ने फलफुल, जुस, साउण्ड सिष्टम, मिठाई लगायतका सामाग्रीहरु खरिद गर्न यस बैंकले आर्थिक सहयोग गरेको छ । बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरुबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवापुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।

 

प्रकाशित समय : १६:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु