काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

राजनीतिक अस्थिरताबाट मुलुकलाई जोगाउन वर्तमान सरकार गठन भएको होः सञ्चारमन्त्री

2.7K
shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनीतिक अस्थिरताबाट मुलुकलाई जोगाउन नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को साझेदारीमा वर्तमान सरकार गठन स्पष्ट गरेको छ ।

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–६ स्थित बराह माध्यमिक विद्यालयको ५७औँ वार्षिकोत्सव एवं प्राविधिक शिक्षा रजत वर्ष समारोहको आज उद्घाटन गर्दै बारम्बार सरकार परिवर्तन हुन थालेपछि त्यसप्रति जनतामा नैराश्यता बढेको बताए । देशमा व्यवस्था परिवर्तन भए  पनि जनताका विकासका चाहना पूरा नभएकाले वर्तमान सरकार जनअपेक्षा पूरा गर्ने दृढताका साथ कार्यक्षेत्रमा क्रियाशील छ भन ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले विकास–निर्माणमा बाधक बनेका नीति, ऐन कानुन परिमार्जन गरेर सरकार अघि बढ्ने बताए ।

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न नसक्दा विद्यार्थी र अभिभावकको आकर्षण संस्थागत विद्यालयतर्पm बढेको बताउँदै मन्त्री गुरुङले भने, “सरकारले एउटा हातमा शैक्षिक प्रमाणपत्र र अर्को हातमा सीप प्रदान गरी व्यावसायिक बनाउने नयाँ शिक्षा नीति ल्याउने सोच बनाएको छ ।”

 

सरकारी खर्चअनुसार शैक्षिक गुणस्तर कायम नहुने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिँदै उहाँले त्यसका लागि शिक्षक, अभिभावक र विद्यार्थी लाग्नुपर्ने बताए ।

मन्त्री गुरुङले विद्यालय परिसरमा निर्मित जग्गादाताको स्तम्भ र प्राविधिक (भेटेरिनरी) सञ्चालनको रजत वर्ष शिलालेखको अनावरण पनि गरेको थियो । साथै उहाँले विद्यालयका सहयोगदाता, पूर्वविद्यार्थी, उत्कृष्ट कर्मचारीलाई सम्मान गरे । माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनराज गुरुङले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन स्तरीय शिक्षामा जोड दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशमान रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षाप्रेमी टङ्कनाथ शर्मा, विद्यालयका प्रधानाध्यापक सुरेन्द्र गुरुङलगायत वक्ताले गण्डकी क्षेत्रको शैक्षिक उन्नयनमा बराह माविले निर्वाह गरेको योगदानको सराहना गरे ।

त्यस अवसरमा विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।