गृहपृष्ठ युक्रेनमा आक्रमण गर्न ढिला भयो- राष्ट्रपति पुटिन
युक्रेनमा आक्रमण गर्न ढिला भयो- राष्ट्रपति पुटिन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले केही समय अगाडी नै युक्रेनमा आक्रमण गरेको भए राम्रो हुने बताएका छन । उनले युक्रेनमा आक्रमण गर्न ढिला भएको भन्दै सन् २०२२ को युद्धका लागि बनाएको विशेष योजना बल्ल अगाडि बढेको बताए।
सन् २०१४ मा रुसले युक्रेनबाट क्रिमिया लिएको थियो । त्यसपछि पूर्वी युक्रेनमा तनाव शुरू भएको थियो । त्यसको आठ वर्षपछि रुसले किभमा आक्रमण थालेको हो ।
एक अन्तर्राष्ट्रिय टिभी च्यानलमार्फत प्रसशारण भएको पत्रकार सम्मेलनमा पुटिनले आणविक हतियार, सिरियाका निर्वासित नेता तथा अन्य घरेलु एजेन्डाबारे आफ्नो धारणा राखेका छन् ।
कार्यक्रममा पुटिनले रुसको सार्वभौमिकता बलियो हुँदै गएको दाबी गरेका छन् । उनले सिरियाली पूर्व राष्ट्रपति बशर अल असद भाग्नुलाई रुसको हारको रूपमा बुझ्नु गलत भएको समेत बताए।
प्रकाशित समय : १०:१७ बजे



















