global ime bank Long Banner Ad

गृहपृष्ठ महासङ्घ ताप्लेजुङमा आचार्य निर्वाचित

महासङ्घ ताप्लेजुङमा आचार्य निर्वाचित

महासङ्घ ताप्लेजुङमा आचार्य निर्वाचित

नेपाल पत्रकार महासङ्घ ताप्लेजुङमा सर्वसम्मत सुवास आचार्य निर्वाचित भएका हुन । सुवास आचार्यको नेतृत्वमा १५ कार्यसमित गठन गरिएको हो ।

जिल्ला निर्वाचन समितिका निर्वाचन अधिकृत केशव भट्टराईका अनुसार आचार्यको नेतृत्वमा उपाध्यक्ष सन्तोषकुमार सार्की, महिला उपाध्यक्ष सङ्गीता कार्की, सचिव कृषण फुरूम्बो, सहसचिव साहारा लिम्बू चयन भएका छन् । समावेसी सचिव मनमाया लिम्बू र कोषाध्यक्ष मदन गौतम चयन भएको निर्वाचन संयोजक धर्मप्रसाद पौडेलले बताए । पौडेलकाअनुसार महिला सदस्यमा सनिता रसाइली, दलित सदस्य किरण विक र आदिवासी जनजाति सदस्य तेन्जिङ शेर्पा चयन भएका छन् ।

त्यस्तै खुला सदस्यमा तरूण भारती, दिलकुमार फेम्बू, रञ्जना गुरूङ, टिकामाया याक्सो र एलिना दियाली चयान भएकी छन् । प्रदेश परिषद् सदस्यमा सूर्यप्रसाद लिम्बू (आलोक) र दिनेश लिङ्खिम चयन भएका निर्वाचन समितिले जनाएको छ । केन्दीय परिषद् सदस्यमा राजेन्द्र श्रेष्ठ र चन्द्रबहादुर पन्दाक (प्रयास) चयन भएका छन ।

प्रकाशित समय : २१:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु