गृहपृष्ठ सुष्मा कोइराला मेमोरियल नर्सिङ्ग क्याम्पसको भवन हस्तान्तरण
सुष्मा कोइराला मेमोरियल नर्सिङ्ग क्याम्पसको भवन हस्तान्तरण
भारत सरकारको सहयोगमा निर्माण गरिएको सुष्मा कोइराला मेमोरियल नर्सिङ्ग क्याम्पसको क्याम्पस तथा छात्रावास भवन आज हस्तान्तरण गरिएको छ ।
नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत २.९२४ करोड रुपैयाँ लगतको उक्त परियोजना जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकी तथा भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले क्याम्पस व्यवस्थापन समितिलाई संयुक्त रुपमा हस्तान्तरण गरे ।
उक्त परियोजनालाई जिल्ला समन्वय समिति काठमाडौं मार्फत कार्यान्वयन गरिएको थियो। नवनिर्मित संरचनाले सुष्मा कोइराला मेमोरियल नर्सिङ्ग क्याम्पसका विद्यार्थीहरूलाई व्यावसायिक शैक्षिक दक्षता प्रदान गर्न सहयोगी हुने नेपालस्थित भारतीय दूतावासले विश्वास लिएको छ ।
प्रकाशित समय : २१:४१ बजे



















