गृहपृष्ठ महासङ्घ रूकुमपूर्व अध्यक्षमा बसन्त निर्वाचित
महासङ्घ रूकुमपूर्व अध्यक्षमा बसन्त निर्वाचित
नेपाल पत्रकार महासङ्घ रूकुम–पूर्वको शाखा अध्यक्षमा बसन्त बाँठा निर्वाचित भएका छन् ।
आज भएको निर्वाचनमा बाँठाको प्यानल विजय भएको हो । कूल ३३ मत खसेकोमा १७ मत प्राप्त गरेर बाँठा अध्यक्षमा निर्वाचित हुँदा प्रतिस्पर्धी सर्जना कार्कीले १५ मत प्राप्त गरे।
त्यस्तै खुला उपाध्यक्षमा बालाराम शेर्पाली निर्वाचित भएका छन् । प्रतिस्पर्धी उर्मिला गौतमलाई पराजित गरेर शेर्पाली खुला उपाध्यक्षमा निर्वाचित भएकी हुन । शेर्पालीले १८ मत प्राप्त गर्दा गौतमले १४ मत प्राप्त गरे। महिला उपाध्यक्षमा जमुना गौतम, सचिवमा निराजन शेर्पाली र कोषाध्यक्षमा सावित्रा खत्री यस अघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।
यस्तै खुला सहसचिवमा वीरस थापा निर्वाचित भएका थिए । प्रतिस्पर्धी चेतकुमार विसीलाई पराजित गरेर थापा निर्वाचित भएका हुन । थापाले १७ मत प्राप्त गर्दा विसीले १४ मत प्राप्त गरे । त्यसैगरी समावेशी सह सचिवमा बरम बुढा निर्वाचित भएका हुन । बुढाले प्रतिस्पर्धी दिलचन पुनलाई पराजित गरे । बुढाले २० मत प्राप्त गर्दा पुनले ११ मत प्राप्त गरे।
लोकप्रसाद बुढाथोकी, बिकास बुढामगर, श्रीधर खड्का, र सामना घर्तीको खुला सदस्यमा निर्वाचित भएका छन् । जनजाति सदस्यमा वीरप्रताव बुढा तथा दलित सदस्यमा शिखर विश्वकर्मा निर्वाचित भएको हो ।
महिला सदस्य हिरा बुढामगर, केन्द्रीय परिषद् सदस्य बसम मल्ल तथा लिङ्कन गौतमको निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । कूल ३४ मतदाता पत्रकार मतदाता रहेको जिल्लामा ३३ मत खसेको थियो भने एक मत बदर भएको थियो ।
प्रकाशित समय : २१:३२ बजे



















