global ime bank Long Banner Ad

गृहपृष्ठ ‘शिक्षामा गुणस्तरीयता शब्दको प्रयोग गर्नै नपर्ने गरी अघि बढाऔँ’

‘शिक्षामा गुणस्तरीयता शब्दको प्रयोग गर्नै नपर्ने गरी अघि बढाऔँ’

‘शिक्षामा गुणस्तरीयता शब्दको प्रयोग गर्नै नपर्ने गरी अघि बढाऔँ’

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शिक्षामा गुणस्तरीयता शब्दको प्रयोग गर्नै नपर्ने गरी अघि बढाउनुपर्नेमा जोड दिएका छन् । ब्रिजवाटर कलेजद्वारा आज यहाँ आयोजित अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा शब्द आफैँमा गुणस्तरीय भएको बताए।

शिक्षा क्षेत्रमा निजी क्षेत्रको महत्वपूर्ण योगदान भएको उल्लेख गर्दै मन्त्री पौडेलले गुणस्तरीय नभनीकनै शिक्षा शब्दले राम्रो शिक्षा भनेको भन्ने बुझिने गरी गुणस्तरको सुनिश्चितता गरिनुपर्ने बताएका हुन । राष्ट्रिय स्रोतलाई सुनिश्चित बनाउने गरी सबै क्षेत्रले काम गर्नुपर्ने भनाइ पनि उनको थियो ।

हुनेबाट लिएर नहुनेलाई राज्यले सहयोग गरी अभिभावकत्व ग्रहण गरेर सहयोग गर्नुपर्नेमा मन्त्री पौडेलको भनाइ थियो । कार्यक्रममा मन्त्री पौडेलले पत्रकार दिलभूषण पाठकलाई सम्मान गरेका थिए । पाठक खोतल्न सक्ने र लोभ नभएको पत्रकारिता क्षेत्रको व्यक्तित्व भएकाले पछ्याउनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा आर्थिक क्षेत्रका विशिष्ट व्यक्तित्व गोविन्द खनाललाई पनि मन्त्री पौडेलले सम्मान गरेका थिए ।

प्रकाशित समय : १४:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु