गृहपृष्ठ सिरियाका बिद्रोहीले गरे असदका पिताको चिहानमा आगजानी
सिरियाका बिद्रोहीले गरे असदका पिताको चिहानमा आगजानी
सिरियामा नयाँ अन्तरिम सरकार बने पनि त्यहाँ अझै स्थीति सामान्य भएको छैन । राष्ट्रपति बसर अल असदको शाषनकाल बिरूद्द बिद्रोह गरेका समुहले अझै पनि रिस शान्त गर्न सकेका छैनन् ।
हालै ती सिरियाली विद्रोहीले राष्ट्रपति बसर अल असदका पिताको चिहानमा आगजानी गरेका छन ।
विद्रोहीले उत्तरपश्चिममा रहेको सिरियाका पूर्व राष्ट्रपति हाफेज असदको गृहनगरमा रहेको उनको चिहानमा आगजनी गरेका छन् । तर, इस्लाममा मृत शरिरमा आगजानी गरिदैन, त्यसलाइ पुरिन्छ । त्यही शव पुरिएको चिहानमा बिद्रोहीहरूले आगजानी गरेका हुन् ।
हाफेज असदले २००२ सम्म अर्थात आफ्नो मृत्यु नहुँदासम्म सिरियामा ३० वर्ष लामो शासन गरेका थिए । उनको मृत्यु पछि मात्रै उनका छोरा बशर उत्तराधिकारीको रूपमा राष्ट्रपति भएका हुन् ।
प्रकाशित समय : २१:३४ बजे


















